आन्तरिक मामिला तथा कानून मन्त्रालय |
|
---|---|
सि.नं. |
कार्य जिम्मेवारीहरू |
१. |
प्रदेशभित्र शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना सङ्कलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य, |
२. |
अतिविशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा, |
३. |
संघीय र प्रदेश सुरक्षा निकायसँगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय, |
४. |
संघीय कानून बमोजिम प्रदेश प्रहरी सञ्चालन, व्यवस्थापन र नियमन, |
५. |
प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना सङ्कलन, रोकथाम, नियन्त्रण तथा समन्वय, |
६. |
लागू औषध तथा मानव बेचविखन नियन्त्रण, |
७. |
लागू औषध दुर्व्यसनी र मानव बेचविखनमा परेकाको उपचार र पुनर्स्थापना, |
८. |
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना सङ्कलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग, |
९. |
प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी, |
१०. |
सामुदायिक प्रहरी, |
११. |
प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, |
१२. |
विवाद व्यवस्थापन, |
१३. |
संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन, |
१४. |
निवारक नजरबन्द र स्थानहद सम्बन्धी, |
१५. |
अन्तरप्रदेश सुरक्षा, यातायात, आपूर्ति समन्वय र सम्बन्ध, |
१६. |
सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण वा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन, |
१७. |
स्थानीय प्रशासनसँग समन्वय, सञ्चालन र व्यवस्थापन, |
१८. |
विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र सञ्चालन, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय, सहकार्य र सहयोग, |
१९. |
विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन, अध्ययन तथा अनुसन्धान, |
२०. |
विपद् जोखिम क्षेत्र नक्साङ्कन र बस्ती स्थानान्तरणका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय र सहकार्य, |
२१. |
विपद् पूर्वसूचना प्रणाली सञ्जाल व्यवस्थापन र कार्यान्वयन, |
२२. |
मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन, |
२३. |
प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आदिको व्यवस्थापन, |
२४. |
प्रदेश सरकारको तर्फबाट गरिने सभा समारोहको व्यवस्थापन, |
२५. |
अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको लागि सवारी साधन व्यवस्थापन, |
२६. |
प्रदेशस्तरमा दीगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनर्स्थापना, |
२७. |
अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति, |
२८. |
सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्बन्धी, |
२९. |
प्रदेशका विषयगत मन्त्रालयले मस्यौदा गरेको ऐन, नियम र गठन आदेशको तर्जुमा सुधार, |
३०. |
अध्यादेशको तर्जुमा र सो सँग सम्बन्धित काम, |
३१. |
प्रदेश कानून तर्जुमाका लागि राय तथा सहमति, |
३२. |
प्रदेश कानूनको एकीकरण, संहिताकरण तथा अभिलेख व्यवस्थापन, |
३३. |
प्रदेश कानूनको प्रकाशन तथा वितरण, |
३४. |
प्रदेशका महत्वपूर्ण कानूनी लिखतहरुको अभिलेख व्यवस्थापन, |
३५. |
नेपाल पक्ष भएका सन्धी सम्झौताहरुको अभिलेख व्यवस्थापन र कार्यान्वयन, |
३६. |
प्रदेश राजपत्रमा प्रकाशन हुने सूचनाको सम्पादन र प्रकाशन एवम् सबै सार्वजनिक निकायमा प्राप्त हुने गरी प्रदेश राजपत्रको वितरण व्यवस्थापन, |
३७. |
संघबाट प्रकाशित नेपाल राजपत्रको प्राप्ति, अभिलेख र सबै प्रदेश मन्त्रालय र आयोगमा वितरण व्यवस्थापन, |
३८. |
प्रदेश सरकारका मन्त्रालय र निकायबाट दातृनिकाय र नीजि क्षेत्रसँग हुने करार वा सम्झौताको मस्यौदा तर्जुमामा सहयोग र सो सम्बन्धी कानूनी राय, |
३९. |
संघीय तथा प्रदेश कानूनको कार्यान्वयन, |
४०. |
मन्त्रालय र प्रदेश कानून बमोजिम गठित आयोग, प्राधिकरणलाई कानूनी राय, |
४१. |
प्रदेश सरकारको हकहित सरोकार भएको मुद्दामा भएको फैसला र आदेशको अभिलेख व्यवस्थापन र कार्यान्वयन, |
४२. |
न्यायिक निकायले गरेका फैसला कार्यान्वयनमा सहयोग र सहजिकरण, |
४३. |
प्रदेश सभा सदस्य र अन्य पदाधिकारीको सेवा, सुविधा सम्बन्धी कानून तर्जुमा, |
४४. |
प्रदेश सरकारको निर्णय बमोजिम प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विषय, |
४५. |
प्रदेश सभासँगको समन्वय, |
४६. |
अन्य मन्त्रालयको कार्यक्षेत्रमा नपरेका बाँकी सम्पूर्ण विषयहरु। |